२२ बैशाख २०७५, शनिबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ जनकपुर र  काठमाडौंमा गरी दुर्इपटक नागरिक अभिनन्दन गरिने भएकाे छ। यही बैशाख २८ गते नेपाल भ्रमणका लागि अाउन लागेका माेदीलार्इ यसअघि जनकपुरमा मात्र नागरिक अभिनन्दन हुने भनिएकाे थियाे। तर परराष्ट्र मन्त्रालयले काठमाडौंकाे सभागृहमा समेत माेदीलार्इ नागरिक अभिनन्दन गरिने कार्यक्रम शुक्रबार सार्वजनिक गरेको हाे।

परराष्ट्र मन्त्रालय स्राेतका अनुसार काठमाडौंमा पनि माेदीकाे अभिनन्दनका लागि तयारी सुरु भइसकेको छ।  प्रदर्शनीस्थलस्थित राष्ट्रिय सभागृहमा मोदीको अभिनन्दन हुने कार्यक्रम तय भइसकेकाे जनाइएकाे छ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा भारतीय प्रम माेदीकाे अभिनन्दन हुन लागेको हो। साे कार्यक्रममा मोदीलाई काठमाडाैं महानगरपालिकाको साँचो समेत हस्तान्तरण गरिने स्राेतले जनाएकाे छ। अभिनन्दनकाे क्रममा साँचाे हस्तान्तरण गर्ने परम्पराअनुसार नै मोदीलाई  महानगरकाे साँचो समेत हस्तान्तरणा गर्न लागेकाे स्राेतकाे भनाइ छ ।

माेदीकाे काठमाडाैं भ्रमण र अभिनन्दन कार्यक्रमका लागि सुरक्षा रणनीति बनाउन शुक्रबार एक बैठक बसी अावश्यक सुरक्षा व्यवस्थाकाे तयारी गरिएकाे छ । काठमाडाैं अाउँदा माेदी बौद्धस्थित हायात होटलमा बस्ने जनाइएकाे छ ।

भारतकाे पटनाबाट हेलिकप्टरमा सीधै जनकपुर अाएर माेदी त्यहाँबाट मुक्तिनाथकाे भ्रमणमा जाने र त्यसपछि मात्रै काठमाडाैं अाउने बताइएकाे छ ।

LIVE TV