२२ बैशाख २०७५, शनिबार

नागरिक दैनिकले आज ‘मार्क्सवादको नेपाल साइनो’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । नागरिकले आफ्नो सामग्रीमा लेखेको छ– पहिलो विश्व युद्धपछि युरोपमा माक्र्सवादी विचारधाराले राप र ताप जगाए पनि नेपालमा भने कम्युनिस्ट पार्टीको स्थापना हुन थप समय लाग्यो । सन् १९४९ अप्रिल २२ मा आएर मात्र पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भयो ।’ माक्र्सवादको नेपाल साइनोसँगै वाम आन्दोलनका चुनौती पनि नागरिकले केलाएको छ ।

यसका अतिरिक्त यातायात क्षेत्रमा खर्बौं रुपैयाँ लगानी गरेका बस व्यवसायीहरुले आम्दानीबापतको आयकर तिर्नबाट वर्षौंदेखि उन्मुक्ति पाउँदै आएकोलाई पनि नागरिकले महत्त्वका साथ पहिलो पृष्ठमा छापेको छ ।

नागरिकको भित्री पृष्ठमा सिन्डिकेटविरुद्ध सरकार झनै कडा भएको, असहमतिबीच कांग्रेस पदाधिकारी मनोनित भएकोलगायत सूचनामूलक सामग्री छन् ।

अन्नपूर्ण पोस्ट दैनिकको पहिलो प्राथमिकतामा आज सिन्डिकेट परेको छ । रुट परमिट खारेजदेखि बैंक खातासम्म रोक्का गर्ने निर्णय गरेर सरकार सिन्डिकेटविरुद्ध आक्रामक भएको समाचारको सार छ ।
डेढ दशकदेखि हिमालको सफाइ अभियानमा लागेका एक अभियानकर्मीको प्रसंशनीय कथालाई पनि आज अन्नपूर्णले स्थान दिएको छ ।

कान्तिपुरले यातायात व्यवसायीको सिन्डिकेटलाई ब्यानर समाचार बनाएको छ । ‘माहोल सिन्डिकेटविरुद्ध’ समाचारमा कान्तिपुरले नाकाबन्दी बेलाकै झल्को दिनेगरी यातायात बन्दको विरोध र यात्रुको उद्धार सडकमा देखिएको जनाएको छ ।

राजधानी दैनिकमा सिन्डिकेटविरुद्ध सरकार आक्रामक भएकोदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा अभिनन्दन गरिनेसम्मका समाचार छन् ।

युवामन्त्रीका भावी योजनाबारे सोधखोज गरेको नयाँ पत्रिका दैनिकले कांग्रेस सभापति शेरबहादुर देउवाले तीन पदाधिकारी चुनोकोलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

LIVE TV