२२ बैशाख २०७५, शनिबार

काठमाडौँ । रोजगारीको सिलसिलामा साउदी पुगेका प्रेम बहादुर राईलाई छुटाउन उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट राईको परिवारलाई हस्तानतरण गरिएको छ ।

राईलाई मुक्त गर्न विभिन्न संगठनहरु र व्यक्तिको अदानबाट उठेको ३० लाख ९ हजार ४७ रुपैयाँ प्रधानमन्त्री ओलीले राईको परिवारलाई हस्तानतरण गरेका हुन् । बिहीबार बेलुका प्रधानमन्त्री निवास पुगेका राईका परिवारलाई छुटाउन प्रधानमन्त्री ओलीले आश्वासन समेत दिएका छन् ।

इलामको माइनगरपालिका (४ स्थाई बासिन्दा राई सन् २०१२ मा रोजगारीको सिलसिला साउदी पुगेका थिए । राई सन् २०१६ मा जेल परेका जेल परेका थिए । उनलाई आफूले काम गर्ने कम्पनीको सामान चोरेको आरोपमा मुद्दा चालाइएको थियो ।

राईलाई सजाय स्वरूप ५० कोर्रा २ वर्ष जेल सजाय सुनाइएको थियो । त्यतिले मात्रै नपुगेर कम्पनीले व्यक्तिगत अघिकारको मुद्दा पनि चलाएका थिए । उनलाई ३ लाख १० हजार रियल ९लगभग नेपाली रुपैयाँ ९५ लाख० जरिवाना तोको थियो । अहिले पनि उनी साउदी अदालतले तोकेको जरिवाना तिर्न नसक्दा जेलजीवन बिताइरहेका छन् ।

LIVE TV