२२ बैशाख २०७५, शनिबार

काठमाडौँ। नेपाल बैंक लिमिटेडले एकैपटक २७६ जना कर्मचारीको माग गरेको छ । बैंकले केन्द्र तथा प्रदेशस्तरमा विभिन्न पदमा २७६ जना कर्मचारी माग गरेको हो ।

बैंकले सहायक प्रबन्धकका लागि ८० जना र प्रदेशको लागि ४ औ तहको सहायक पदमा १९६ जना कर्मचारी माग गरेको जनाएको छ । बैंकले प्रदेश नं एकमा सहायक पदकालागि ४० जना, प्रदेश नं मा २८ जना, प्रदेश नं ३ मा ४२ जना, प्रदेश नं ४ मा २६ जना, प्रदेश नं ५ मा ३५ जना, प्रदेश नं ६ मा १३ जना र प्रदेश नं ७ मा १२ जनाको लागि विज्ञापन खुला गरेको हो ।

सहायक प्रबन्धकको लागि सम्बन्धित पदको क्षेत्रमा स्नातकोत्तर र सहायक पदकालागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक गरेको हुनुपर्ने छ । इच्छुक आवेदकले जेठ १० गतेसम्म अनलाइन प्रणालीबाट आवेदन दिन पाउने छन् । आवश्यक कागजपत्र स्क्यान गरेर अनलाइन प्रणालीमा पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

चौथो तहको सहायक पदमा उत्तीर्ण आवेदकले सुरु नियुक्ति भएको ’क’ र ’ख’ समूहका कार्यालयमा न्यूनतम ५ वर्ष, ’ग’ समूहका शाखा कार्यालयमा ६ वर्ष र ’घ’ र ’ङ’ समूहका शाखा कार्यालयमा ७ वर्षसम्म न्यूनतम सेवा गर्नुपर्ने बैंकले जनाएको छ ।

LIVE TV