२२ बैशाख २०७५, शनिबार

वि.सं.२०७५ साल वैशाख २२ गते। शनिबार। इश्वी सन् २०१८ मे ५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ । ज्येष्ठ कृष्णपक्ष। तिथि– पञ्चमी, १२:०४ बजेउप्रान्त षष्ठी। नक्षत्र– पूर्वाषाढा, २४:२३ बजेउप्रान्त उत्तराषाढा। योग– सिद्ध, १०:१५ बजेउप्रान्त साध्य। करण– तैतिल, १२:०४ बजेदेखि गर, २५:०५ बजेउप्रान्त वणिज। आनन्दादिमा मातंग योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:२४ बजे, सूर्यास्त– १८:३९ बजे र दिनमान ३३ घडी ०८ पला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानि हुनेछ । आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने घरायरि सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुँनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्या तथा प्रतिष्पर्धामा सहकर्मिहरुलाई हराई नतिजा आफुतिर ल्याउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा सन्तानको साथ सहयोग नपाईने हुनाले कामहरु सुस्त गतिमा अगाडि बढ्नेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा समस्या आउनेछ भने जीवन साथि सँग सामान्य कुरामा पनि मनमुटाब बढ्नेछ । लेखन तथा साहित्यको क्षेत्रमा थालिएको काम अधुरै रहनेछ । पेट सम्बन्धि समस्या आउन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पति तथा बिलाशि बस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारि तथा पशुपालन व्यावासाय फस्टाएर जानेछ । आमा तथा आफन्त सँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाति रहनेछन् । राजनिति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढिनै समय खर्चनु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । छोटो दुरिको परिणाममुखि यात्राको तय हुँनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यावसायमा लगानि बढाई भनेजस्तो नाँफा कमाउँन सकिनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावासायमा बाट मनग्गे आम्दानि हुनेछ भने आम्दानि बढ्ने हुनाले काम गर्न जोस जागर आउनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पति कमाउन सक्नेछन् । पढाई लेखाईमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवस्यक सहयोग पाईने हुनदा मन खुसि रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ प्रबिधिको प्रयोग मार्फत व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । समाजसेवामा जनता सँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नया काम पाउेन तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमि काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुँने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषि : गणेश काफ्ले ।

LIVE TV