२१ बैशाख २०७५, शुक्रबार
  • राजकमल सिंह,

धनुषा । हिन्दूहरुको आस्थाको केन्द्रकारुपमा रहेको जनकपुरको प्रसिद्ध जानकी मन्दिर अनाधिकृत अग्ला घरले छोपिदै गएपछि सौन्र्दय नै ह्रास हुँदै गएको छ । मन्दिरको सौन्र्दय नै ह्रासमा आएको देख्दा जानकी मन्दिर दर्शन तथा घुम्न आउने पर्यटकहरु नराम्रो मान्न थालेका छन् ।


जनकपुरधाम उपमहानगरपालिकाले निर्धारण गरेको मापदण्ड विपरित मन्दिर वरिपरि अग्ला भवन निर्माण हुँदा मन्दिरको सौन्र्दयता समाप्त हुने जोखिम उत्पन्न भएको छ । तरपनि जनकपुरधाम उपमहानगरपालिका, स्थानीय प्रशासन तथा मन्दिर संचालन समितिले खासै चासो देखाएको छैन् । यति मात्र नभएर मन्दिरसंग जोडिएर मन्दिर भन्दा पनि अग्ला होटेल निर्माण गरेपछि हिन्दू धर्म माथि नै प्रहार भएको जानकी मन्दिरका छोटा महन्थ रोशन दास वैष्णवको भनाई छ ।

जनकपुर नगरपालिकाले जानकी मन्दिरको वरिपरीको घर भवन निर्माण गर्न नक्सा पास गर्दा ३१ फिट उचाई सम्मको मात्र नक्सा पास गर्नै कानूनी प्रावधान छ । जानकी मन्दिरको वरिपरी १२ विघा रंगभुमि मैदानदेखि दर्जन बढी चोक हुँदै अस्पताल सडक सम्मको क्षेत्र भित्र ३१ फिट उचाई सम्म मात्र भवनको नक्सा पास गरिने तथा नक्सा पासको प्रक्रियामा रहेका नक्साहरुलाई समेत ३१ फिट उचाई सम्मको इजाजत दिइने कानून छ । सोहि कानून बमोजिम छिट्टै मन्दिर वरिपरिका संरचनाहरु हटाईने उपमहानगरपालिकाकी उपप्रमुख रिता झा बताउनु हुन्छ ।

उपमहानगरपालिका कार्यालयले जानकी मन्दिर वरपरको निर्धारण गरेको ४ किल्ला अन्र्तगत अस्पताल रोड, दशरथ तलाउ, पेठिया, महाबीर चोक, भैरब चोक, शिव चोक, जानकी चोक सबै तर्फ हेर्ने हो भने करिब २ सय भन्दा वढी घरहरु ३१ फिट भन्दा वढी उचाईमा बनेका छन् ।

LIVE TV