२१ बैशाख २०७५, शुक्रबार
अब नेपालको कुनै पनि स्थानको भीरपाखामा बस्ती नहुने प्रधानमन्त्री ओलीको कथन, भिरमा रहेका बस्तीहरुलाई एकीकृत बस्ती निर्माण गरि सारिने

  • प्रकाश सिग्देल,

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले अव नेपालको कुनै पनि ठाउँको भिर पाखामा बस्ती नहुने बताउनु भएको छ । भिरको बस्ती विकासको बाधक भएको बताउदै उहाँले भिरमा बस्ने नेपालीलाई बस्न योग्य ठाँउमा सारिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शुक्रबार चितवनस्थित कृषि तथा वन बिज्ञान विश्वविद्यालयको प्रथम दीक्षान्त समाहरोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भिरमा रहेका असुरक्षित वस्तीलाई राज्य छ भन्ने अनुभुति गराउन पनि सरकार बस्ती स्थानान्तरण र एकीकृत बस्ती विकासमा लाग्ने बताउनु भयो । उहाँले अब जमिनको वर्गीकरण गरिने सबै सेवा सुविधा भएको ठाउँमा एकीकृत बस्तीहरुको विकास गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अमेरिकी नागरिकलाई नेपाली माल्दा आप चखाउने चाहना रहेको पनि बताउनु भयो । उहाँले मिठो माल्दा आप नेपालमा पाइने भएकोले यस्को पर्याप्त खेती गरेर अमेरिका र युरोपमा पठाउने व्यवस्था मिलाइने अठोट पनि व्यक्त गर्नुभयो ।

नेपालमा झार पलाएपनि यार्सागुम्बा भएर निस्किने ठट्यौली गर्दै नेपाल प्राकृतिक रुपमा बिश्वका ठूला देशभन्दा सम्पन्न भएकोले अव देश बनाउने जिम्मा युवाहरुले लिनु पर्ने बताउनुभयो ।

 

LIVE TV