२१ बैशाख २०७५, शुक्रबार

काठमाडाैँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले रिक्त पदाधिकारीको मनोनयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सोनपामा आज बसेको निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेस विधानको दफा २१ का अनुसार तीन रिक्त पदमा पदाधिकारी मनोनयन गर्नुभएको हो ।

सभापति देउवाले मनोनयन गर्नुभएका पदाधिकारीमध्ये उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डाक्टर प्रकाशशरण महत नियुक्त भएका छन् । यसअघि वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरि सहमतिमै पदाधिकारी मनोनयन गर्न सुझाव दिनुभएको थियो ।

यता केन्द्रीय सदस्य प्रकाशमान सिंहले पदाधिकारी मनोनयनका लागि बोलाइएको वैठक अवैधानिक भएको बताउनु भएको छ । उता आज मनोनयन भएका पदाधिकारीको विषयमा भने पौडेल पक्षका नेताले विरोध जनाउँदै मनोनयन प्रक्रिया बहिष्कार गरेका थिए ।

LIVE TV