वाईवाई ग्लोकल टिन हिरोको चौथो संस्करणका लागि आवेदनको आह्वान



प्रकाशित मिति : May 04, 2018

काठमाडौँ : किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरीउनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम( ‘वाईवाई ग्लोकल टिन हिरो’,ग्लोकलप्रा।ली।को एक कार्यक्रम हो । यस मन्च मार्फत किशोर( किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्यकिशोर( किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ।

समर्पित र रचनात्मक किशोर( किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो चौथो वर्ष हो।नवलपरासीकी १७ बर्षिया बाल( अधिकार कार्यकर्ता विपना शर्मा र युवा वैज्ञानिक, सन्तोष लामिछाने सोही कार्यक्रममा प्रथम भई २०१५ र २०१६ मा पुरस्कृत भएका थिए।त्यसैगरी दाङका १८ वर्षीया सामाजिक कार्यकर्ता सचिन डाँगी, २०१७ कावाई वाई ग्लोकल टीन हीरो बिजेता हुन्।

यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यसकार्यक्रममा सहभागी गराउने उद्येश्यले काठमाडौँ उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न २८ सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो २० अन्डर २० सदस्यहरु जाने भएको छ ।

ग्लोकलप्रा।ली।कीपि।आर।म्यानेजर र वाईवाई ग्लोकल टिन हिरोकी संयोजक काजोल झाले विभिन्न प्रसिद्ध र प्रतिष्ठित संस्थाहरुसँग सम्बन्धित भई यसकार्यक्रमको बारेमा घोषणा गर्न पाउँदा हर्ष ब्यक्त गरेकी छिन्।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २० अन्डर २०को घोषणा गरिनेछ।
त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उकृष्ठ ६ कोछनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुर दर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०१८को बिजेता घोषणा गरिनेछ।

वाईवाई ग्लोकल टिन हिरोका सहभागीहरुको निर्णायको लागि ५ जुरी सदस्यको समूह हुनेछ जसमा, अम्बुज सिंह, कन्ट्रीडिरेक्टर, कोका कोला नेपाल, युएनडीपी निर्देशक रेनौड मेएर, वैद्य उद्योग संगठनका अदक्ष्यश्री सुरजवैद्य, सोल्टी क्रावनेप्लाजाका महाप्रबन्धक,  मजुमदार, स्याकर ट्रडिंगकी मुख्यब्राडिंग अधिकारी, श्रीजना ज्योति र प्रिस्माका मुख्य कार्यकारी अधिकारी रंजितआचार्य रहनेछन्।

ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा राम्रो सोच र क्ष्यमता भएका सहभागीहरु पाएका जानकारी गराईएको छ ।

ग्लोकल टिन हिरो २०१८ को पुरस्कार समारोह सेप्टेम्बर१,२०१८ मा राजनीतिज्ञ, फिल्मकलाकार उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वहरुकोउ पस्थितिमा हुन लागेको छ । वर्षग्लोकलटिनहिरोकोआवेदन५मे,२०१८बाटखुल्नेछरअन्लाईनआवेदनधधध।लभउब।िनयिअबतिभभलजभचय।अयmमार्फतनिशुल्कभर्नसकिन्छ्र।

यस वर्ष ग्लोकल टिन हिरोको आवेदन ५ मे, २०१८ बाट खुल्नेछ र अन्लाईन आवेदन www.nepal.glocalteenhero.com मार्फत निशुल्क भर्न सकिन्छ|।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com