२१ बैशाख २०७५, शुक्रबार

कास्की । कास्कीको पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस समिति र बागलुङ भगवती जिप समितिसँग आबद्ध ६ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

तर अन्य व्यवसायीहरु भने मोबाइल अफ गरि सम्पर्कविहिन भएका छन् ।

यातायात व्यावसायीले आफ्नो सवारी साधन नचलाएपछि सशस्त्र प्रहरीले सर्वसाधरणलाई सेवा दिन पोखरामा मिनी भ्यान चलाएको थियो । अहिले भने पोखरा आसपासमा लगातार पानी परिरहेको छ ।

LIVE TV