२१ बैशाख २०७५, शुक्रबार

काठमाडौँ । “तिमी टाढा धेरै टाढा” नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार बाचन लिम्बुको उत्कृष्ट शब्दमा रहेको गीतमा सुमधुर स्वरको धनि गायक हेमराज बेघाको आवाज रहेको छ ।

अमिर माबोको  निर्देशनमा रहेको “तिमी टाढा धेरै टाढा” मा गीतलाई सन्जिब सुब्बाले एजेन्ज गरिएको छ् । मलेसियाको बिभिन्न रमणीय ठाउँ हरुमा छायांकन गरिएको गीतमा उतम जंग लिम्बुले सुमधुर संगीत भरेका छन्।

नव मोडल रेजुङ शेर्पा र अनु तामाङको उत्कृस्ट अभिनय रहेको गीतमा फुर्बा दोर्जे मोक्तान तामाङले छायांकन गरेका हुन् । राजेन्द्र खड्काले भिडियोलाई सम्पादन गरेका छन् ।

LIVE TV