२१ बैशाख २०७५, शुक्रबार

बुधबार रातिको भयकंर हावाहुरीले कपिलवस्तुका अधिकांश विजुलीका पोल ढले, बुधबार रातिदेखि अवरुद्ध विद्युत सेवा सञ्चालनमा आउन समय लाग्ने

कपिलवस्तु । बुधबार राति चलेको भयंकर हावाहुरीले बिलुलीका पोलहरु लडाए पछि कपिलवस्तुको धेरै ठाउँमा बिद्युत अवरुद्ध भएको छ ।

सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रमा बुधबार राति ११ बजे देखि विद्युत सेवा अवरुद्ध बनेको छ । त्यस्तै तौलिहवा–लुम्बिनी सडक खण्ड अन्तर्गत तौलिहवा देखि लुम्बिनी एरियासम्म बिजुली छैन् ।

लुम्बिनीबाट तौलिहवा आउने ३३ केभीको बिद्युत पोल ढलेर ४८ ठाउँमा तार भुईमा लत्रिएका कारण विद्युत सेवा अवरुद्ध बनेको छ । दोहनी एरियासम्म ढलेका १६ ठाउँमा पोल र तारहरु उठाउने काम भईरहेको छ ।

यशोधरा गाँउ पालिका वडा नं. १ साविक गौरी गाबिस भडेहर एरिया सम्म ढलेका २८ ठाउँमा पोल र तारहरु उठाउने काम भईरहेको छ ।

यी काम गरे पछि अरु ठाउँमा पनि फल्ट छ छैन हेरे पछि मात्र लाईन आउने नआउने भन्न सकिने बिद्युत प्राधिकरण तौलिहवा शाखाका प्रबन्धक एवं वितरण केन्द्र प्रमुख हिमाशुंकुमार यादवलेले जानकारी दिनुभयो । जिल्लाका सबै क्षेत्रमा बिद्युत अबरुद्ध हुदा करिब २५ देखि ३० हजार बढी ग्राहक प्रभावित बनेका छन् ।

तौलिहवा–जीतपुर सडक खण्ड अन्तर्गत तौलिहवा देखि पचेहरासम्म ५ बटा बिजुलीका पोल ढलेका छन् । तौलिहबा–गोरुसिगे सडक खण्ड अन्तर्गत तौलिहवादेखि पचेहरा सम्म ६ बटा बिजुली पोल ढलेका छन् । सो सडक खण्ड अन्तर्गत निग्लिहवा देखि पचेहरा सम्मको ३ बटा पोल छाडेर सबै पोल भुईमा ढलेका छन् ।

ढलेका पोल ठाउँ ठाउँमा भाँचिएको छ । पोलसंग तार पनि लत्रिएर कालो पत्रेबाटो मै छरपस्ट बनेका छन् । बिहीबार बिहान बाटोका पोल र तारलाई थोरै किनारमा सारे पछि अस्थायी रुपमा काम अगाडि बढेको छ । ३ वटा ट्रान्सफरमर खसेर भुईमा असरल्ल बनेको छ ।

बाटोमा खसेको करिब दुई किमी पोल र तार मर्मत संभार गर्ने अबस्थामा छैनन् । नया लाईन तान्नु पर्ने हँुदा उक्त क्षेत्रमा लाईन जडान गर्न ३/४ दिन लाग्न सक्ने प्रबन्धक यादवले बताउनु भयो । थोरै जनशक्ति हुँदा पहिलो सदरमुकामको लाईन जाडने त्यस पछि मात्र अन्य क्षेत्रका काम गर्ने यादवको भनाई छ ।

LIVE TV