२१ बैशाख २०७५, शुक्रबार

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ । सादा पोशाकको टोलीले उनलाई काठमाडौं प्रहरी परिसरको  पक्राउ परेको हो ।सिटौलालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले जानकारी दिए ।

गृहमन्त्री थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका थिए । यसका साथै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने लगाएत पनि प्रहरीले पक्राउ गरेका हुन् ।

LIVE TV