२१ बैशाख २०७५, शुक्रबार

बुटवल । बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् ।

यातायात क्षेत्रमा हड्ताल गरेर कानुन उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीले संघका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको सूचना थाहा पाएको वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए ।

गृहमन्त्री रामबहादुर ‘बादल’ले सार्बजनिक यातायातको सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई तत्काल पक्राउ गर्न निर्देशन दिईसकेका छन् ।

LIVE TV