२१ बैशाख २०७५, शुक्रबार

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालिएको छ ।

गृहमन्त्री थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । बुटवलको ट्राफिकचोकबाट संघका उपाध्यक्ष जीवन वञ्जाडे र महासचिव पदम गाहालाई प्रहरीले पक्राउ गरेको हो ।

यसका साथै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने लगाएत पनि प्रहरीले पक्राउ गरेका छन् ।

LIVE TV