२१ बैशाख २०७५, शुक्रबार

काठमाडौं । गृहमन्त्री रामबहादुर ‘बादल’ले सार्बजनिक यातायातको सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् ।उनले अत्यावश्यक सेवामा आन्दोलन तथा हड्ताल गरेको भन्दै त्यसको बिरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गर्दै आवश्यक कारवाही गर्न निर्देशन दिएका छन् ।

महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

सरकारले केही समयअघि अत्यावश्यक सेवामा आन्दोलन तथा हड्ताल गर्न नपाउने सूचना जारी गरेको थियो ।

LIVE TV