२१ बैशाख २०७५, शुक्रबार

बीबीसी

अमेरिकी अभियोजनकर्ताहरूले कार निर्माता कम्पनी फोक्सवागनका पूर्व प्रमुख कार्यकारी मार्टिन विन्टरकोर्नमाथि सवारी प्रदूषण नियामक निकायलाई झुक्क्याएको अभियोग लगाएका छन्।

 

उक्त कम्पनीले अमेरिकाको प्रदूषण परिक्षण आफ्ना सवारी साधनहरूले पास गरून भनेर डिजेलबाट चल्ने कारहरूमा स्फटवेयर जडान गरेको जानकारी सतहमा आएपछि उनले सन् २०१५ मा राजीनामा दिएका थिए।

विन्टरकोर्नले त्यसबेला भएका गल्तीको आफूलाई जानकारी नभएको बताएका छन्।डिट्रोइट जिल्ला अदालतका एक जना प्रवक्ताले दोषी पाइए विन्टरकोर्नलाई २५ वर्षसम्म कारावास हुनसक्ने बताए।

अभियोग

मार्चमा लगाइएका ती अभियोग बिहीवार सार्वजनिक भएका थिए।फोक्सवागनले अमेरिकी जाँचलाई सघाउन आफू तयार रहेको भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरेको छ।लाखौं सवारी साधानहरूमा ठगी गर्ने उपकरणहरू जडान गरिएको अवधिका विश्वको सबैभन्दा ठूलो कार निर्माता कम्पनीका प्रमुख कार्यकारी विन्टरकोर्नले थाहा हुने वित्तिकै उक्त गैरकानूनी गतिविधिबारे अधिकारीहरूलाई जानकारी गराएको बताउने गरेका छन्।

 

उनलाई नियामक निकाय र सर्वसाधारणलाई फोक्सवागनका गाडीहरूको प्रदूषणको तहबारे झूटो विवरण दिएको अभियोग लगाइएको छ।

उनले स्टुट्गार्टमा अहिले नै कानूनी समस्याहरू खेपिरहेका छन्।

फोक्सवागनका लगानीकर्ताहरूले विन्टरकोर्नले उक्त प्रकरणबारेका सुचना एक वर्षसम्म लुकाएर कम्पनीको अर्बौ डलर बराबरको बजार मूल्यमा क्षति पुर्‍याएको आरोप लगाएका छन्।

 

LIVE TV