२१ बैशाख २०७५, शुक्रबार

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनलाई लक्षित गरी सर्वसाधारण तथा पर्यटकका लागि अन्नपूर्ण पदमार्ग ३ दिनका लागि बन्द हुने भएको छ।

मोदीको पूर्वसन्ध्यामा यहाँ मन्दिरको सरसफाइ लगात अन्य काम भईरहेको मन्दिर संरक्षण समितिले जनाएको छ । मनाङ जिल्लाको थोरङ्ला भञ्ज्याङबाट पनि मुक्तिनाथ आउनेको संख्या उल्लेख्य हुने भएकाले उक्त बाटो ३ दिनका लागि बन्द गर्ने निर्णय गरीएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिरिष पौडेलका अनुसार ‘भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ आउनुभन्दा ३ दिनअघिदेखि नै बाटो बन्द हुनेछ।’

३ दिनअघि नै पदमार्ग बन्द हुने भएकाले उक्त मार्ग हुँदै यात्रा गरिरहेका पदयात्रीलाई सदरमुकाम चामे वा मनाङ गाउँमै रोक्ने तयारी स्थानीय प्रशासनले गरेको छ। साथै, मुक्तिनाथ मन्दिरमा मोदीले दर्शन गर्ने दिन अर्थात् वैशाख २८ शुक्रबार कसैलाई पनि दर्शन गर्न नदिने तयारी भएको हो।

LIVE TV