२१ बैशाख २०७५, शुक्रबार

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराती भएको खेलमा सुपरकिंग्स कोलकाता नाइट राइडर्स छ विकेटले विजयी भएको छ । उसले चेन्नाईलाई ६ विकेटले हराएको हो।

कोलकाताको घरेलु मैदानमा इडन गार्डेनमा भएको यो खेलमा टस हारेर पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

१७८ रनको लक्ष्य पाएको कोलकाताले शुभमान गिल र दिनेश कार्तिकको उत्कृष्ट प्रदर्शनका कारण १७ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएर जित हासिल गर्‍यो ।

LIVE TV