२१ बैशाख २०७५, शुक्रबार

काठमाडाैँ । साढे ३३ किलो सुनो सुन तस्करीको रहस्य खुल्दै गएको छ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्या काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङमा बयान लिन सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल कार्यालय मार्फत सो काण्डमा ६३ जना विरुद्ध सुन चोरी पैठारी निकासी, कर्तव्य ज्यान, अपहरण र संगठित अपराध अन्तर्गत संलग्नताका आधारमा बुधबार छुट्टा छुट्टै मुद्दा दर्ता गराएको थियो ।

अनुशन्धानमा गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरूलाई दुई करोड २० लाख ७७ हजार बाँडेको तथ्य फेलापरेको छ। गोरेले हिसाब गरेको रेकर्ड फाइलमा हाल थुनामा रहेका पूर्व डीआइजी गोविन्द  निरौलालाई १७ लाख, एसएसपी श्याम  खत्रीलाई एक करोड १२ लाख ९२ हजार, एसपी विकास खनाललाई पाँच लाख, डिएसपी सञ्जय राउतलाई १५ लाख, जवान विष्णुबहादुर  खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार बाँडेको उल्लेख छ ।

बिमाबापत गोरेले विष्णुबहादुर  खड्काकाे परिवारलाई ५० लाख रुपैयाँ दिने बताएपछि सुन ओसारपसारमा लागेको बयान उनले दिएका छन्।अर्का अभियुक्त मोहन काफ्लेले मासिक ५० हजार तलब दिने सम्झौता अनुसार गोरेसँग काम गर्न थालेको बताएका छन्। उनले एक पटक २३ किलो सुन एसएसपी श्याम खत्रीको विमानस्थलस्थित कार्यालयमा लगेर बुझाएको बयान दिएका छन्।

चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असार साउनयता पटक पटक गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर छ ।

गोरेको नेतृत्वमा प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डिएसपी सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, होटेल व्यवसायी भुजुङ गुरुङ, टेकराज मल्ल, मोहन काफ्ले, मोहम्मद उस्तम मियाँ, लाक्पा शेर्पा, छिरिङ वाङ्गेल घले, कपिलराज पुरी लगायत ६० जना तस्करी संलग्न रहेका छन् ।

सम्बन्धित समाचार

साढे ३३ किलो सुन तस्करीका ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

साढे ३३ किलो सुन सुनकाण्डका अभियुक्त एसएसपीले अदालत परिसरमै पत्रकारलाई लात्ती हाने पछि….

साढे ३३ किलो सुनकाण्ड : तीन प्रहरी अधिकारी निलम्बनमा

 

LIVE TV