२१ बैशाख २०७५, शुक्रबार

वि.सं. २०७५ साल वैशाख २१ गते। शुक्रबार। इश्वी सन् २०१८ मे ४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्थी, १०:०८ बजेउप्रान्त पञ्चमी। नक्षत्र– मूल, २१:४९ बजेउप्रान्त पूर्वाषाढा। योग– शिव, ९:४३ बजेउप्रान्त सिद्ध। करण– वालव, १०:०८ बजेदेखि कौलव, २३:०५ बजेउप्रान्त तैतिल। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– धनु। काठमाडौँमा सूर्योदय– ५:२५ बजे, सूर्यास्त– १८:३८ बजे र दिनमान ३३ घडी ०५ पला।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : नसोचेको उपलब्धि हासिल हुनेछ । समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरू सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । पर्यटन तथा यात्रा सँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागि समयले साथ दिनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउँने हुँनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुँनाले मन प्रसन्न हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुँनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुँनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । बिलाशीताले खर्च बढाएपनि भौतिक सम्पत्ति तथा उपाहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने नोकरिमा बढुँला हुने योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुँनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुँनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । माया प्रेममा आजको दिन टाढै रहनुनै बेस हुँनेछ नजिकिँदा मनमुटाव हुँनेछ । अरूकै काममा समय खर्चिँदा आफ्नो काम थाती रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुँनाले पछिसम्म आम्दानी हुँने व्यावसायमा लगानी बढाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुँने ग्रहयोग रहेकोेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुँनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : कुटुम्ब तथा बोली भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्ब सँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालीको माध्ययमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) :चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यावसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजभुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : आफन्त तथा अग्रजहरू सँग विवाद सर्जन हुनेछ । गैर न्यायिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : आर्थिक दृष्टिले दिन उत्तम रहेको छ भने अधुरा योजनाहरू परा हुनेछन् । व्यापार तथा पशुपालन व्यावसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पूख्र्यौली सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाई लेखाई उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : पढाई लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिने हरूले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन बिचारको प्रयोग मार्फत व्यावसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी गणेश काफ्ले ।

LIVE TV