२० बैशाख २०७५, बिहीबार

काठमाडौं । सरकारले यातयात व्यवसायीहरूलाई सेवा रोक्नेका रुट परिमिट खारेज गर्ने सन्देश दिएका छन् । यातायात व्यवसायीहरुले भोलि सेवा बन्द गर्ने धम्की दिइरहेको छ ।

यातायात व्यवसायी सरकार सिण्डिकेटविरुद्ध उभिएपछि चरणवद्ध आन्दोलनमा छन् । उनीहरुले भोलि शुक्राबार यातायात सेवा नै बन्द गर्ने धम्की दिएका थिए । सरकारले सिण्डिकेटसामू नझुक्ने रणनीति लिएको छ । अत्यावश्यक सेवामा हड्ताल गर्ने सवारीको विवरण गृह प्रशासनले संकलन गर्ने छ । देशभर सेवा रोक्ने सवारीको विवरण लिएर खारेज गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

अत्यावश्यक सेवामा हड्ताल गर्नेविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने उनले बताए । भट्टराईले भने , ‘ऐनले दिएको अधिकार प्रयोग गरेर हामी पहिलो दिनमै रुट खारेज गर्छौं, त्यसका लागि उपभोक्ताकर्मी र गृह प्रशासनले हामीलाई नचल्ने सवारीको विवरण दिनेछन्, हामी पनि त्यसमा खटिन्छौं’।

केही व्यवसायीले आन्दोलन गरेपनि सेवा बन्द नहुने प्रवन्ध मिलाइने उनले जानाइएका छन्।

LIVE TV