२० बैशाख २०७५, बिहीबार

बैदेशिक रोजगार विभाग नै पीडितका पक्षमा छैन

काठमाडौं । देशमा रोनजगारी नपाएपछि धेरै नेपाली युवाहरु विदेश जान बाध्य छन् । तर यही विदेश जाने चक्करमा धेरै युवाहरु ठगिएका छन्, धेरै घरबार विहिन भएका छन् ।

घरैको उठिवास लागेको छ । यसरी वैदेशिक रोजगारीमा ठगिएकाहरुलाई न्याय दिन सरकारको बैदेशिक रोजगार विभाग र न्यायाधिकरण छ । बिडम्वना यहाँका कर्मचारीनै नै दलाल र मेनपावरसंग मिली पीडितलाई झन् पीडित बनाउछन् । 

धैरै पीडितहरु यसरी बैदेशिक रोजगार विभागके केही पनि नगरेको भन्ने गुनासा बढेपछि बुधवार हाम्रो टिम बानेश्वर बुद्धनगरमा रहेको बैदेशिक रोजगार बिभाग पुग्यौँ । करीब १ घण्टाको अवधिमा वैदेशीक रोजगार विभागबाट समयमा समस्या समाधान भन्दा बढी दुख पाएका नेपालीहरु भेटीए ।

केही प्रतिनिधी घटना यस्ता थिए । सप्तरीका धर्मदेव दास, उनका छोरा कृष्णकुमार दाससहित ५ जनालाई ३ महिना अघि गाँउको जग्गा बेचेर जनही १ लाख २० हजार दिएर अस्मीता मेनवारमार्फत साउदी अरेबिया पुगे ।

नेपालबाट भनेको काम दाम तथा सेवा सुविधा केही नपाएपछि उनिहरु नेपाल फर्किन खोजीरहेका छन् तर अस्मीता मेनपावरले फर्किने भए ५ लाख चाहिन्छ भने पछि धर्मदेब दाससहित सबै पीडितका आफ्न्त डेढ महिना अघि वैदेशीक रोजगार विभाग पुगेका थिए ।

विभागले केही दिन त मेनपावरको खाता रोक्का राखिदियो तर उनीहरुका छोरालाई नेपाल भने ल्याएन । ६ पटक विभाग धाउँदा धाउँदा १ लाख बढी खर्च भैसक्यो तर समस्या जस्ताको त्यस्तै छ । अहिले त उनिहरुलाईं साउदी अरेवियाको जंगलमा लगेर अलपत्र अवस्थामा छोडेको छ ।

हामीलाई भेटीरहँदा साउदी अरेवियाबाट धर्मदेवलाई उनका छोरा कृष्णकुमारले फोन गरेर छिटो उद्धार गर भन्दै थिए । तर बिडम्वना उद्धार गर्नुपर्नेहरुलाई वास्ता छैन धर्म देव छोराको उद्धार गरुन त कसरी ।

मंगलबार विभागका महानिर्देशकले नै उनिहरुलाई छलफलका लागि बोलाएका थिए । तर उनिहरुले दिउँसो भरी कुर्दा पनि महानिर्देशकलाईं भेट्न पाएन् ।

यस्तै रौतहटका जयकिशोर यादव पनि साउदी अरेविया अलपत्र आना भाइहरुको उद्धार गर्दिन भन्दै वैदेशीक रोजगार विभागका पुगेको ४ महिना बितिसके छ ।

१ बर्ष अघि लिङकस्टार मेनपावरबाट साउदी पुगेको रौतहटका कृष्णनन्द राय यादव, शिंगासन गिरी, विनोद शाह, गगन शाहले भनेको काम नपाएको, गरेको कामसमेत तलब सुविधा नपाएको तथा खाना बस्नै समस्या भएपछि उनि विभाग पुगेको थिए ।

उनलाई विभागका निर्देशक शशीकुमार लम्सालले बुधबार बोलाएका थिए । तर बुधबार दिउँसो भर कुर्दा पनि उनले निर्देशकलाई भेट्न पाएनन् ।

अर्को अचम्म लाग्दो घटना पनि भेटियो यहाँ । झापाका दुर्गा निरौला नाम गरेका व्यक्तिले वैदेशीक रोजगारीको नाममा ठगी गरेको रहेछन् । तर विभागले २०६९ सालमा झापाका अर्का दुर्गा निरौलाको जग्गा रोक्का राखिदिए छ । ठगी गर्ने दुर्गा तिवारी को हुन भन्ने कुरा विभागलाई नै थाहा छैन तर घर सम्पत्ती रोक्का राखिएका दुर्गा तिवारी भने उनी हुन् । उनलाई मेनपावर भनेको के हो भन्ने समेत थाहा छैन ।

उनका परीवारले बैंकबाट ऋण लिन खोज्दा मात्रै आफ्नो जग्गा वैदेशीक रोजगार विभागले रोक्का राखिदिएका थाहा पाएका थिए । त्यस पछिका ४ बर्ष आफुुहरु मेनपावर सँग सम्बन्धनै नरहेका व्यक्ति भएको प्रमाण पेश गर्दै वैदेशीक रोजगार विभाग धाउँदै बिते ।

हुँदा हँुदा विभागले अहिले वास्तविक ठग दुर्गा निरौलाको विवरणनै हराएको भन्न थालेको छ । जग्गा फुकुवा गर्ने कुरै गर्दैनन् ।

वैदेशिक रोजगार विभाग पीडित सर्वसाधराण को होइन मेनपावर सञ्चालकहरुको हो भन्ने कुरा पनि प्रष्ट भएको छ । यसका उदाहरण बनेका छन् धनुषाका दिपेन्द्र कुमार शाहा, एमबिके ओभरसीसबाट १ लाख ५० हजार खर्चिएर कतार पुगेका उनि भनेको काम, दाम र सुविधा नपाएपछि एक महिनामा नै नेपाल फर्किए र क्षतीपुर्तीको माग गर्दै विभाग पुगे ।
तर विभागले २० दिन झुलाएर अहिले मेनपावरले भने बमोजीम नै ३० हजार रुपैया लिएर चुपचाप सम्झौता गर्न लगाइरहेको छ ।

१ घण्टाको अवधीमा भेटिएका उनिहरुको मुहारमा वैदेशीक रोजगार विभागबाट न्याय पाइन्छ भन्ने आशा नै हराइसकेको थियो । सेवाग्राहीलाई बोलाएर मन्त्रालयमा मिटिङ भन्दै हराएका कर्मचारी साँझ सम्म देखिएनन् ।

 

LIVE TV