२० बैशाख २०७५, बिहीबार

काठमाडौँ । जनकपुर क्षेलाई थप प्रख्यात बनाउनको लागि नेपाल सरकारले ‘रामायण सर्किट’ निर्माणको अवधारणा अघि सारेको छ । नेपालको जनकपुर क्षेत्र, भारतको अयोध्या, चित्रकूट, तमिलनाडु तथा इन्डोनेसिया र श्रीलंकालाई समेत जोडेर ‘रामायण सर्किट’ निर्माण गर्ने तयारी थालिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीले रामायण सर्किटको शिलान्यास गर्ने भएका छन् । भारत सरकारले नेपालको सीमा जोडिएका उत्तर प्रदेशका तीन स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा यसअघि नै विकास गर्ने घोषणा गरेको थियो । नेपालले पनि बुद्ध र रामायण सर्किटमा विशेष चासो देखाएको छ । रामायण सर्किटमा भगवान श्रीरामसँग सम्बन्धित सबै कुराहरु दर्शाइने बताइएको छ ।

सर्किटका लागि भारत सरकारले २४५ करोड रुपैयाँबराबरको परियोजनाको पहिलो चरणमा अयोध्याका लागि प्रस्ताव गरेको छ । रामायण साहित्यअन्तर्गत राम, सीता, जनक, रावण, बाली, सुग्रीब हनुमान ‘कनेक्टिङ’ भएको बाटो भएकाले पनि धार्मिक पर्यटनमा यसले जोड पुग्ने नेपालको लक्ष्य छ । त्यसले नेपालका लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ लगायतमा पनि धार्मिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

LIVE TV