२० बैशाख २०७५, बिहीबार

काठमाडौं । गर्मी बढेसंगै अस्पतालहरु भरिन थालेका छन् । धुलो र धुँवाको कारणले पनि राजधानीमा बिरामी बढेको चिकित्सकहरुको ठम्याई छ  ।

श्वासप्रश्वास निमोनिया घाँटीको संक्रमण दुषित पानीको कारण लाग्ने हेपाटाइटिस्, पेटको विमार जस्ता समस्या लिएर अस्पताल पुग्नेहरु बढी रहेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार दुई वर्षदेखि ओपिडीमा धुलोबाट हुने संक्रमण र समस्याका बिरामी लगातार बढिरहेको छन् । पछिल्लो १० वर्षमा दम, निमोनिया, जटिल रुघाखोकी लगायत श्वासप्रश्वासका बिरामी ५० प्रतिशत बढेको चिकित्सकहरुले बताएका छन् । प्रदुषणको कारण उपत्यकावासीको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै गएको चिकित्सकहरुको  निष्कर्ष छ ।

प्रमुख समस्यामा  स्वासप्रस्वासको समस्या र छातीको समस्या देखा परेको छ । त्यस्तै घाँटीको संक्रमण पÞmेरेन्जाइटिस् ,दुषित पानीको कारण हेपाटाइटिस ,टिबी रोग पनि धेरै देखिएको चिकित्सकको भनाइ छ  ।

अस्पतालमा बिरामीको संख्या बढेकोले धँुवा धुलोबाट बच्न सकेसम्म बाटोमा कम हिड्ने, एन ९५ जस्ता मास्कको प्रयोग गर्ने पानी र खानपानमा बिशेष ध्यान दिन चिकित्सकको सुझाब छ । गर्मी मौसम सुरु भए देखिनै मौसमी विरामीको संख्या हरेक बर्ष बढ्ने भए पनि यस बर्ष भने उपत्यकाको प्रदुषणको कारण स्वास्थ्य समस्या थपिदो छ ।

 

LIVE TV