२० बैशाख २०७५, बिहीबार

बझाङ । जयपृथ्वी नगरपालिका ७ सुवेडाको चौठा खोलाकाे बाढीले जीप बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

से १ ज ८२० नम्बरको जिप खोलामा हिजो बुधबार राति ८ बजे आएको ठूलो बाढीले बगाएको हो । से १ ज ८२० नम्बरको जिप बगाउँदा जिपमा सवार ३ जनाको मृत्यु भएको हो ।

चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्ने खप्तड छान्ना गाउँपालिका २ का ३१ वर्षीय अम्मराज वन, २४ वर्षीय असु ओड र जीपचालक कञ्चनपुर दोधराका २६ वर्षीय रमेश चन्दको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

जीप खोलाले बगाएर झण्डै ५० मिटर तल खोँचमा पुरिएको अवस्थामा भेटिएको थियो । अप्ठ्यारो भीर र जीपलाई माटोले पुरिएपछि अाज बिहीबार दिउँसो साढे २ बजेमात्र शव निकालिएको प्रहरी प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।

 

LIVE TV