२० बैशाख २०७५, बिहीबार

काठमाडाैँ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्न बैशाख २७ गतेको शुभसाईत निकालिएको छ । यो सँगै ३० गते आइतबार भोटो देखाइने छ ।

ललितपुरको पुल्चोकबाट तानेर लगनखेल पु¥याइएको मच्छिन्द्रनाथको रथ त्यहाँबाट शुभ साइतमा तानेर जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाइन्छ । आज जोशी गुरुहरुले बैशाख २७ गते रथ जावलाखेलतर्फ तान्ने शुभसाइत निकालेसँगै ३० गते भोटो देखाउने निश्चित भएको हो ।

वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म झण्डै दुई महिनासम्म मनाईने यो रथजात्रा यसपटक जेठमा मलमास परेकाले छोटो अवधि भित्रै सम्पन्न गर्ने गरी रथ तान्ने शुभसाईत निकालिएको हो ।

विक्रम सम्बत् ६६२ मा नागराज कर्कोटकले दिएको भोटोको स्वामित्वमा दुई व्यक्तिबीच विवाद भएपछि रातो मच्छिन्द्रनाथलाई जिम्मा लगाइएको थियो । त्यही बेलादेखि दसी प्रमाणसहित लिन आउन भन्दै भोटो देखाउने परम्परा बसेको विश्वास छ ।

LIVE TV