२० बैशाख २०७५, बिहीबार

काठमाडाैँ । संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनको ‘ग्यारेन्टी’ नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

दुई दिने केन्द्रीय समितिको बैठक समापन गर्दै संघीय समाजवादी फोरमले सरकार सहभागिता संविधान संशोधनमा निर्भर हुने पुरानै भनाइ दोहो¥याएको हो । बैठकमा अधिकांश सदस्यले संविधान संशोधनमा अडान कायम राख्नुपर्ने भन्दै सरकार सहभागिता भन्दा मधेसका माग पूरा गराउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

यसअघि पदाधिकारी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेपनि संविधान संशोधनको ‘ग्यारेन्टी’ नआएपछि केपी ओली नेतृत्वको सरकारमा सामेल भएको छैन ।

LIVE TV