१९ बैशाख २०७५, बुधबार

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विचकाे पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको दलका नेताहरुलाई ब्रिफिङ गरेको छ।

विहिबार ओलीसँग वान टु वान वार्ता हुने प्रचण्डले बताए। मार्क्स जयन्ती शनिबारका दिन एकताको मिति तोकिने छ । ‘ओली र प्रचण्डबीच भोलि हुने वार्तामा सहमति भए जेठको पहिलो साता एमाले र माओवादीबीच पार्टी एकता हुने माओवादी स्रोतले जानकारी दिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको सचिवालय बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएको वार्ता र पार्टी एकतामा भएको प्रगतिबारे ब्रिफिङ गरेका थिए । एक नेताका अनुसार ब्रिफिङका क्रममा उनी उत्साहित थिए । भोलि ओली र प्रचण्डबीच संगठन समायोजनबारे निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।

LIVE TV