१९ बैशाख २०७५, बुधबार

काठमाडौं । चुडामणि उप्रेती ‘गोरे’ समूहले मात्र झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ । सहसचिव ईश्वर पौडेल नेतृत्वको सरकारी छानविन समितिले यस्तो निस्कर्ष निकालेको हो । उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ ।

गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको दाबी छ ।

मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको छ ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न समिति बनेको थियो ।

समितिको अध्ययनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्व डीआईजी, बहालवाला एसएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

LIVE TV