१९ बैशाख २०७५, बुधबार

काठमाडौं । कुनैबेला पोर्न क्षेत्रमा प्रवेश गर्ने भन्दै निकै अश्लिल तस्विर खिचाएर चर्चामा आएकी अर्चना पनेरु यतिबेला गुमनाम जस्तै छिन् । अश्लिलताका कारण क्षणिक चर्चा कमाएपनि अश्लिलताकै भरमा लामो समय टिक्न नसकेपछि उनी हाल गुमनाम जस्तै भएकी हुन् ।

यतिबेला अभिनयमा टिक्न र बिक्न नसक्ने कलाकारको पहिलो रोजाइको पेसा रेष्टुरेन्ट व्यवसाय रहने गरेको छ । यस्तैमा एक से एक हट दृश्य दिँदा पनि बिक्न नसकेकी अर्चना आफूलाई टिकाउनको लागि दरबारमार्गस्थित एक क्लबमा आबद्व भएकी छन् ।

केही दिन अगाडि मात्र सञ्चालनमा आएको ‘रेड एप्पल नाइट डान्स क्लब’ मा अर्चनाले काम गर्न थालेकी हुन् । उक्त रेष्टुरेन्ट तताउनको लागि अर्चनाको आमा सुनिता पनेरु पनि सँगै रहेकी छन् ।

क्लबमा आउने दर्शकको फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् । फर्माइसको नृत्य पाउँदा बारमा आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँर्गै उनी तिर पैसाका बिटा उठाउने गर्दछन् ।

सिम्पल पहिरनबाट नृत्य सुरु गर्ने अर्चानले रात छिपिँदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गर्ने गरेको एक ग्राहकले बताए ।

क्लबमा उनी लगायत करिव आधा दर्जन युवतीले डान्स गर्ने गरेका छन् । अन्य क्लबको तुलनामा उनको क्लबमा दर्शकको भिड लाग्ने गरेको पाइएको छ ।

पनेरुले केही समयअघि काठमाडौको नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ मा काम गरेकी थिइन् । केही युवासँगको सहकार्यमा उनले सो क्लब व्यवसाय सञ्चालनमा ल्याए पनि त्यहाँ धेरै समय टिक्न सकिनन् ।

LIVE TV