१९ बैशाख २०७५, बुधबार

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र दीपक ढकालको अभिनयमा नयाँ गीतको भिडियो बजारमा आएको छ । रामचन्द्र काफ्ले र भावना आचार्यको आवाजमा रहेको ‘बग्ने खोला’ गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको यो गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ, भने नरेन्द्र वियोगीले एरेञ्ज गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोलाई उत्सब ढकालले खिचेका हुन् । अभिनेत्री शिल्पा र दीपकको फिचरीङ रहेको यो गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

LIVE TV