१९ बैशाख २०७५, बुधबार

सप्तरी । अख्तियारको टोलीले जिल्ला समन्वय समिति सप्तरीका एक जना नायव सुब्बा लाई १ लाख ३५ हजार रुपैयाँ घुस लिँदा लिंदै रङ्गेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले जिल्ला समन्वय समिति सप्तरीमा कार्यरत नासु युगेश्वरप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको हो ।

महुली खोलाको पुल निर्माण कम्पनीसँग यादवले सो रकम लिँदा लिँदै पक्राउ गरिएको प्रहरी निरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् । ।

गोप्य सुचनाको आधारमा अख्तियारको टोलीले यादवलाई घुस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ । यस बिषयमाञ थप अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ ।

LIVE TV