१९ बैशाख २०७५, बुधबार

प्यूठान। जिल्ला अस्पताल प्यूठानमा एक सुत्केरीको मृत्युपछि तनाव उत्पन्न भएको छ ।

मंगलबार सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै गएराति देखिनै आन्दोलन गरेपछि अस्पतालको सबै सेवा ठप्प भएका हुन्। जिल्ला अस्पताल प्यूठानमा मंगलबार अप्रेसन गरी बच्चा जन्माउने प्यूठान दाखाक्वाडीकी राधा धामी अप्रेसन गरेको ६ घण्टा पछि बेहोस भएको र राती ११ बजे मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

मृतकका आफन्तले डाक्टरलाई कारबाही हुनुपर्ने माग गर्दै प्यूठान भालुवाङ सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

LIVE TV