१९ बैशाख २०७५, बुधबार

एजेन्सी। संसारमा मानिसहरुले विभन्न अनौठा काम गरेर विश्व कीर्तिमान बनाउँछन् । तर, त्यस्तो कीर्तिमान मानिसले मात्र नभइ जीव–जनावरहरुले पनि बनाउँछन भन्दा तपाइँलाई अचम्म लाग्नसक्छ ।

विश्वभर कीर्तिमानको आधिकारिक दर्ता गर्ने संस्था गिनिज बुक अफ वर्ल्ड रेकर्डले संसारभरबाट कीर्तिमान राख्न सफल जनावरहरुको रेकर्ड राखेको छ ।

यहाँ ती जीव-जनावरहरुबारे उल्लेख गरिएको छ, जसको कीर्तिमान आजसम्म तोडिएको छैन ।

१. संसारकै सबैभन्दा लामो पुच्छर भएको कुकुर


विश्वको सबैभन्दा लामो पुच्छर भएको कुकुरको कीर्तिमान ‘केयुन’ नाम गरेको कुकुरको नाममा रहेको छ ।

केयुनलाई ल्लेसे लोड्ट्स नाम गरेका बेल्जियमका नागरिकले पालेका छन् । केयुन आइरिसमा स्याल सिकार गर्ने जातको कुकुर हो । यसको पुच्छरको लम्बाई ७६.८ सेमि अर्थात् ३०.२ इन्च रहेको छ ।

बेल्जियमको वेस्ट्रेलो निवासी लोड्ट्सले पालेको केयुनले सन् २०१५ को अगस्ट १८ मा संसारको सबैभन्दा लामो पुच्छर भएको कुकुरको दर्जा पाएको हो । जुन अहिलेसम्म कुनै कुकुरले यस कीर्तिमानलाई तोड्न सकेको छैन ।

२. सबैभन्दा खतरनाक कमिला


संसारकै सबैभन्दा खतरनाक कमिलाको कीर्तिमान ‘बुलडग’ नाम गरेको कमिलाको पोल्टामा छ । यो अष्ट्रेलियाको कोस्टल क्षेत्रमा सन् १९७३ मा पाइएको थियो ।

यसको आक्रमणबाट चारजना अष्टे«लियन नागरिकको ज्यान गइसकेको छ । यसले आफ्नो सिङ र मुख दुबैले एकैपटक आक्रमण गर्दछ ।

हेर्दा अत्यन्तै सानो देखिने बुलडगको तौल ० .०१५ ग्राम छ र यसको लम्बाई २० मिमि रहेको छ । यो जातको कमिला जम्मा २१ दिनमात्रै बाँच्छ ।

३. सबैभन्दा ठूलो अन्डा


संसारको सबैभन्दा ठूलो अन्डाको तौल २ .५८९ केजी रहेको छ । उक्त अन्डा स्टुर्टहियो क्यामेल्योस नाम गरेको अष्ट्रिच चराले स्वीडेनमा रहेको दुई व्यक्ति केष्ट्रिन र गुन्नार सहल्निको फार्ममा पारेको हो ।

सन् २००८ को मे १७ मा स्टुर्टहियो क्यामेल्योसले पारेको संसारकै सबैभन्दा ठूलो अन्डाको रेकर्ड आजसम्म कुनै अष्ट्रिचले भंग गर्न सकेको छैन ।

४. संसारकै लामो कान भएको कुकुर


सिकारी प्रजातिको टाइगर नाम गरेको कुकरको दाहिने कान ३४ .९ सेमि अर्थात् १३ .७५ इन्च र देब्रे कान ३४ .२ सेमि अर्थात् १३ .५ इन्च रहेको छ ।

संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रेकर्ड टाइगरकै नाममा छ ।टाइगरलाई अमेरिका निवासी ब्रायन र क्रिस्टिनाले पालेका हुन् ।

सन् २००३ मा विश्व कीर्तिमान रचेको टाइगरको मृत्यु सन् २००९ को अक्टोबरमा भएपनि यो कीर्तिमान अझैसम्म टाइगरकै नाममा रहेको छ ।

५. सबैभन्दा छिटो दगुर्ने कछुवा


संसारमा सबैभन्दा छिटो दगुर्ने कछुवाको नाम र्बटाइ हो । यसले ० .२८ मिटर एक सेकेन्डको गतिमा दगुर्छ ।

सन् २०१४ को जुलाई ९ मा यसलाई बेलायतको एडभेन्चर भ्यालीमा भेट्टाइएको थियो ।

LIVE TV