१९ बैशाख २०७५, बुधबार

पर्सा । वीरगञ्ज महानगरपालिले रातिको समयमा ठूलो आवाजमा गीत बजाउन प्रतिबन्ध लगाइएको छ । नगरपालिका क्षेत्रमा वैशाख २० गतेदेखि

लागु हुने गरि यो नियम बनाएको हो । विवाह र अन्य धार्मिक कार्यमा ठूला साउन्ड सिस्टम जोडेर र डीजेमार्फत रातिमा चर्को आवाजमा गीत संगीत बजाउँदा जनजीवन प्रभावित भएको भन्दै महानगरपालिकाले यस्तो नियम लगाएको हो ।

ठुलो आवाजमा संगीत बजाउँदा बालक, बृद्वबृद्वा, सुत्केरी, बिरामी, विद्यार्थीहरु सुत्नै नसक्ने जनगुनासो थियो ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी वीरगञ्ज महानगर क्षेत्रमा गर्मी मौसममा राति १० बजेपछि र जाडो मौसममा राति ९ बजेपछि चर्को आवाज आउने गरी कुनै पनि काम गर्न निषेध गरिएको महानगर पलिकाले जनाएको छ ।

सो सुचनाबारे सूचना अटेर गरे प्रहरीले कारबाही थाल्ने जिल्ला प्रहरी प्रमुख एसपी डा गणेश रेग्मीले जानकारी दिए । ‘समग्र जनप्रतिनिधिहरुको स्वीकृति र सहयोगमा ध्वनि प्रदुषणविरुद्ध अभियान सञ्चालन गरेका छौं’ उनले भने ‘उलंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउछौं ।’

यो नियम तत्कालका लागि महानगरपालिका क्षेत्रभित्र रोक लगाउने र पछि जिल्लाभरी नै लागु गराउने उनको भनाइ छ । ‘जथाभावी चर्को आवाज निकालेर आम जनताको मौलिक हक हनन भइरहेको छ ।

LIVE TV