१९ बैशाख २०७५, बुधबार

काठमाडौं । अवैध भारतीय रुपैयाँसहित एक भारतीय र एक नेपाली पक्राउ परेका छन् । सिरहाको लहान नगरपालिकास्थित तरकारी बजारबाट अवैध भारतीय पक्रउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपाली नागरिक मनिष कुमार यादव र भारत बिहारको फारबिसगन्ज अररियाका ५० वर्षीय पल्लु राय रहेका छन् ।

उनीहरुको साथबाट भारतीय रुपैयाँ १० लाख १० हजार ७ सय र नेपाली रुपैयाँ ४ लाख ६१ हजार ५४० बरामद भएको छ । त्यसमा २ हजारको ४४२ थान र ५ सयका २०४ थान नोट छन् ।

मंगलबार साँझ अनुगमनमा निस्किएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि नगदसहित काठमाडौं पठाइएको छ ।

LIVE TV