१९ बैशाख २०७५, बुधबार
  • दिपक नेपाल

डोटि । बिधुत प्राधिकरण दिपायल स्टेसनमा पुन आगलागी भएको छ । बिहिबार बिहान ८ बजे प्राधिकरणमा आगलागी हुँदा ट्रान्सफरमर जोड्ने तार हरू जलेर नष्ट भयका छन् । स्टेसनका फिडर हरू पनि जलेका छन् ।

आगलागी अछाम लाइनमा चट्याङका कारण भएको हुन सक्ने बिधुत कार्यालयका कर्मचारी भरत द्वारियाले बताए । करिब १० मिनेटको प्रयास पछि आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागी हुँदा डोटि र अछाममा बिधुत अवरुद्ध छ ।

विगत केही देन देखिको लागातार हावाहुरिले गर्दा डोटिका ग्रामीण भेगमा धेरै दिनदेखि बिधुत अवरुद्ध थियो । गत वर्ष पनि स्टेसनमा आगलागी भयको थियो आगलागी बाट ट्रान्सफरमर र फिडरहरु सबै जलेर नष्ट भयका थिए । करिब ७र८ दिन पछि सबै नयाँ उपकरणहरू जडान भयका थिए । वर्ष दिन नपुग्दै पुन आगलागी भयको छ । पूर्ण क्षतिको विवरण आउन बाकी छ ।

LIVE TV