१९ बैशाख २०७५, बुधबार

काठमाडौँ । यही वैशाख २८ देखि नेपालको औपचारिक भ्रमणमा आउन लागेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सिधै जनकपुर आउने भएका छन् । मोदी काठमाडौँ नआई सिधै जनकपुरमा उत्रन लागेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’का अनुसार भारतीय प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टर चढेर सिधै जनकपुर आउनेछन् र त्यहाँ जानकी मन्दिरमा पूजा गर्नेछन् । मोदी जनकपुर उत्रिने भएपछि थापाले सुरक्षा अवस्थाबारे जनकपुरमा अवलोकन गरेका छन् । मोदी काठमाडौँ नभई सिधै जनकपुरमा उत्रने भएपछि गृहमन्त्री थापाले सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन समेत दिएका छन् ।

मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुने त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रूपमा रामायण परिपथको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिएका छन् । बाह्रविघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि मोदी काठमाडौँ आउनेछन् र मुक्तिनाथको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

काठमाडौँ नआई सिधै जनकपुर आउने हुँदा विभिन्न शङ्का उत्पन्न हुन थालेको छ । नेपाल सकरकारलाई भन्दा पनि मधेस केन्द्रि दलहरूलाई धेरै प्राथमिकता दिएका त हैनन् ?  मोदीले जनकपुर, काठमाडौँ हुँदै मुक्तिनाथको भ्रमण गर्नेछन् ।

LIVE TV