१९ बैशाख २०७५, बुधबार

काठमाडौँ । सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम नेपालले लिखित सम्झौता हुनुपर्ने माग गरेको छ । फोरमले आफ्ना मागबारे लिखित सम्झौता नभए विपक्षीको भूमिका निर्वाह गर्ने चेतावनी समेत दिएको छ ।

सरकारमा सहभागी हुने तरखरमा रहेका भनिएको फोरमले सरकारले आफ्ना माग प्रति वेवास्ता गरेको भन्दै लिखित सम्झौता हुनुपर्नेमा जोड दिएको हो । फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारको व्यवहार विश्वासिलो नभएको आरोप लगाउनुभएको छ । उहाँले संविधान संशोधन लगायतका आफ्ना मागमा तत्काल लिखित सम्झौता नहुने भए समर्थन फिर्ता लिन सक्नेसम्मको चेतावनी दिनुभयो ।

उहाँले आफ्नो पार्टीबाट सरकारमा पठाउनेबारे कुनै समस्या नरहेको तर, सरकारले आफ्ना माग बारे गम्भीरता नदेखाएको आरोप लगाउनुभयो । यता राष्ट्रिय जनता पार्टी नेपालले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाउ दिइसकेको छ ।

LIVE TV