१९ बैशाख २०७५, बुधबार

काठमाडौँ । २०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार धेरै खुसी थिए। किन कि उनीहरूको एउटा ठुलो सपाना पुरा भएको थियो ।

त्यसदिन जापान जान खोजेकी कान्छी छोरी सविनाको इच्छा पूरा भएको थियो। भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापान उडेकी थिइन।

एक वर्षभन्दा बढी जाउलाखेलमा रहेको एक इन्स्टिच्युटमा भाषा सिकेर जापान गएकी १९ वर्षीया सबिना १० वर्षअघिदेखि जापानमा हराइरहेकी हुन्। महर्जन परिवारले सरोकार राख्ने सबै निकायमा खोजी गरे पनि अहिलेसम्म कनै पत्तो लगाउन सकेको छैन। यो खबर आजको नागरि दैनिकमा छापिएको छ ।

LIVE TV