१९ बैशाख २०७५, बुधबार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा वैशाख २८ र २९ आउने भएको छ । मोदी भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका बनेको छ।

मोदी भ्रमणको लागि  पूर्व तयारीको स्थलगत अनुगमन हुन थालेको छ । मंगलबार जनकपुरमा गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अनुगमन गरेका छन् ।

मोदीको नेपाल भ्रमणको पूर्व तयारीको स्थलगत अनुगमन लागि मंगलबार भारतीय बायुसेनाको हेलिकप्टर काठमाडौँ आएको छ । हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा अवतरण गराइएको छ । जनकपुर र मुक्तीनाथको रेकी गर्न भारतीय वायुसेनाको विमान लिएर भारतीय विशेष सुरक्षाा समूहका कर्नेलको नेतृत्वको टोली हेलिकप्टरमा नेपाल आएको हो ।

भारतीय विशेष सुरक्षाा समूहका महानिरीक्षक जेठूवा अस्तीनै नेपाल आइसकेका छन् । उनी आउनुअघि नै भारतले उनको सुरक्षाका लागी भन्दै रेकी गर्न भारतीय सेना परिचालन गरिसकेको छ । मङ्गलवार काठमाडौँ आएका बायुसेना आज जनकपुर र मुक्तिनाथ रेकी गर्न जाने कार्यक्रम रहेको बताइएको छ।

LIVE TV