१८ बैशाख २०७५, मंगलवार

काठमाडौं । नेपाल टेलिकमको सेवा र गुणस्तर खँस्किदो अवस्थामा छ । नीजि क्षेत्रबाट आएका अन्य दुरसञ्चार कम्पनीहरुले दिने सेवा र नेपाल टेलिकमले दिने सेवासुविधामा धेरै भिन्नता छ ।

टेलिकमले बिस्तार गरेको ल्याण्ड लाईन फोन, जिएसएम तथा एडीएसएल इन्टरनेट गतिले सर्वसाधारण आजित छन् । कुनै दिन एडीएसलको एकछत्र राज चलिरहेको अवस्थामा अहिले अन्य नीजि इन्टरनेट सेवाप्रदायक कम्पनीले उच्च गति र गुणस्तरको सुविधा दिइरहेका छन् तर एडीएसएसल अदोगतिमा छ ।

सरकारी कार्यालय समय बाहेक अन्य समय टेलिकमको ग्राहक सेवा छैन । टेलिकमले देशका विभिन्न शहरमा ४ जीको रटना ल्याईरहँदा धेरै ग्रामिण भेगमा नेपाल टेलिकमको सामान्य नेटवर्क पुगेको छैन । उस्तै सुस्त इन्टरनेट गतिमा अझ चर्को मुल्यका डाटा प्याकहरु ग्राहक मैत्री छैनन् ।

त्यसमाथि नेपाल टेलिकमका कर्मचारीको कार्यशैली नै शंकास्पद छ । टेलिकमकै कर्मचारी बेला बेलामा अन्य नीजि कम्पनीहरुसँग मिलेर टेलिकमको सेवा कम्जोर बनाउन लाग्ने गरेको आरोप लाग्दै आएको छ ।

यस्तै समस्याहरुकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको टायर फेर्नेकी ईन्जिन फेर्ने भन्दै व्याङ्ग्य गरेका छन् । शुक्रबार सिंहदरबारमा नेपाल टेलिकमको प्रगती विवरण बुझ्दै प्रधानमन्त्री ओलीले टेलिकमका तल्लो तहदेखि माथील्लो तहसम्मका कर्मचारी समस्या रहेकोले तत्काल व्यवस्थीत गर्न निर्देशन दिएका थिए ।

यति मात्रै होइन अप्टीकल फाइबर बिछ्याउँने काम समेत शंकास्पद रहेको भन्दै थप अध्ययन गर्नुपर्ने बताएका छन् । नेपाल टेलिकमको यहि अवस्था भए भारतमा सरकारको स्वामित्वमा रहेको दुरसंचारकै जस्तो अवस्थामा पुग्ने सक्ने देखिन्छ ।

LIVE TV