१८ बैशाख २०७५, मंगलवार

कञ्चनपुर । भारतीय प्रहरी सिमा सुरक्षा बल एसएसबीले कञ्चनपुर पुर्नवासका नेपाली माथि ज्यादती गरेको बिषयमा छानबिन गर्न काम भईरहको सरकारी अधिकारीहरुले दाबी पनि एसएसबीले अझै पनि त्यो स्थान आफ्नै कब्जामा राखेको स्थानियहरु बताउँछन् ।

पुर्नवास नगरपालिकाका मेयर जीवनराज थापाका अनुसार सरकारी अधिकारीहरुले अहिलेसम्म विवादीत क्षेत्रमा पुगेका छैनन् ।
यस्तै पुर्नवास–९ का वडा अध्यक्ष नारायण जैशीले अन्तराष्ट्रिय मुल्य र मान्यतमा मिचेर भारतीय सिमा सुरक्षा बलले पटक पटक ज्यादती गर्दा पनि नेपाली पक्षले प्रतिकार गर्न नसकेको गुनासो गरका छन् ।

साथै अहिले विवादीत क्षेत्रमा दुई देशका विशिष्ट अधिकारी बाहेक पत्रकारहरुलाई समेत उक्त क्षेत्रमा निषेध गरिएको छ । तर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले हाम्रो गत कार्यक्रममा नै समस्या समाधान भैसकेको बताएका थिए ।

गत बैैशाख १३ मा भारतीय प्रहरी एसएसबीका उच्चपदस्थ कर्मचारीको उपस्थितिमा नेपाली भूमिको तारबार उखेलिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भिडियोले सबै बोलिरहे पनि केन्द्रिय सरकार र प्रदेश सरकार भने मौन छन् । उता भारतीय सञ्चार माध्यहरु भने नेपालले भारतको सीमाना मिचेको भन्दै गलत प्रचार गरिरहेका छन् ।

LIVE TV