१८ बैशाख २०७५, मंगलवार

वीरगन्ज ।  एक घरमा मंगलबार साँझ बम विस्फोट भएको छ । वीरगन्जको मेनरोडमै रहेको कमल राउत कुर्मीको घरमा साँझ ५ बजेतिर बम विस्फोट भएकाे हाे ।

बम विस्फोट हुँदा भारत बिहारको छपराका १८ वर्षीय अमितकुमार पाण्डे घाइते भएका छन् । उनको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाए ।

कुर्मीले किनेको घर मातृका आई सेन्टरले आखाँ अस्पताल सञ्चालनका लागि भाडामा लिएको थियो । बम विस्फोट कसले र किन गराएको भन्ने बारेमा केही खुल्न नसकेको प्रहरीले जानकारी  दिएकाे छ ।

LIVE TV