१८ बैशाख २०७५, मंगलवार

मोरङ । भारतको कोलकाताबाट विराटनगर भन्सार नाका नजिक बथनाहासम्म रेलवेबाट ढुवानी सुरु भएको छ ।

पहिलो पटक ५८ वटा कन्टेनर बोकेको मालवाहक रेल बथनाहा स्टेशनसम्म आइपुगेको हो । बथनाहा स्टेशन विराटनगरबाट ६ किलोमिटरको दूरीमा पर्छ ।

रेलबाट सामान ल्याउन थालेसँगै ढुवानी भाडा सस्तो हुने सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी/व्यापारीको भनाई छ ।

विराटनगरको बुधनगरमा एकीकृत जाँच चौकी बनेपछि कोलकत्ताबाट सोझै कटहरीसम्म ढुवानी गर्न सकिने छ ।

यस क्षेत्रका उद्योगी व्यापारीले कोलकाता बन्दरगाहबाट विराटनगरको सीमावर्ती नाका जोगबनीसम्म रेल्वे सेवा सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् ।

 

LIVE TV