१८ बैशाख २०७५, मंगलवार

काठमाडौं । केहि समय अगाडि प्रेस्क्रिप्शनमा स्पष्ट अक्षरमा लेख्न निर्देशन दिएको नेपाल मेडिकल काउन्सिलले आफ्नो नाम र काउन्सिल दर्ता नम्बर पनि प्रेस्किmप्सनमा नछुटाउन डाक्टरहरुलाई अनिबार्य गरेको छ ।

हरेक प्रेस्क्रिप्शन कार्डमा चिकित्सकले आफ्नो नाम र मेडिकल काउन्सिलको दर्ता नम्बर समेत स्पष्ट ढंगले लेखिनुपर्ने अनिवार्य गरेको काउन्सिलले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलले चिकित्सकको अक्षरकै बिषयमा अनुगमन समेत गर्ने बताएको छ । प्रेस्क्रिप्शन नाम र काउन्सिल नम्बर नलेख्दा डाक्टरले लेखेको हो वा प्यारामेडिक्सले या नर्सले भन्ने समेत अन्योल हुने र यसले कहिले काँही गर्नुपर्ने जाँचबुझमा समेत समस्या पर्ने गरेको छ ।

काउन्सिलले प्रेस्क्रिप्शनमा स्पष्ट अक्षर, नाम र दर्ता नम्बर लेख्नुपर्ने नियम बनाउनु अघि नर्सिङ काउन्सिल, प्रोफेसनल काउन्सिल, फार्मेसी काउन्सिल र औषधि व्यवस्था विभागसंग समेत परामर्श लिएको थियो ।

LIVE TV