१८ बैशाख २०७५, मंगलवार

एजेन्सी । जापानमा ६० सेकेण्डमा कारमा परिणत हुने रोबोट तयार गरिएको छ। उक्त राबट हालै निर्माण गरिएको हो ।

जापानी वैज्ञानिकहरुले हलिउड फिल्म ट्रान्सर्फमरमा देखाइएका जस्तै रोबोट यथार्थमा निर्माण गरेका छन् । रोबट मानव स्वरुपबाट स्पोर्टस् कार र पुनः मानव स्वरुपमा आउन सक्ने रहेका छन् । राजधानी टोकियोमा आयोजित एक समारोहमा यो रोबोटको प्रदर्शनी गरिएको हो ।

जे डाइट हाफ रोबोट साढे ३ मिटर अर्थात् १२ फिट लामो छ । यो कारको रुपमा ४ मिटर अर्थात् १३ फिट लामो हुन्छ । यो रोबोट मान्छे जस्तै हिड्न सक्दछ भने कारमा बदलिएको बेला ६० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्दछ । कार दुई सिटर हुन्छ ।

LIVE TV