१८ बैशाख २०७५, मंगलवार

मोरङ । मोरङका नगर र गाउँपालिकाका न्यायिक समितिका पदाधिकारीलाई न्याय निरुपणसम्बन्धि प्रशिक्षण दिन थालिएको छ ।

तीन दिनसम्म हुने प्रशिक्षणमा न्यायिक समितिको जिम्मेवारी, उजुरी दर्ता, दरपीठ, म्याद तामेली, तारेख, प्रतिवाद र मेलमिलाप सम्बन्धि जानकारी दिइने छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको प्रशिक्षणमा मोरङका १७ स्थानीय तहका उप–प्रमुखसहित न्यायिक समितिका पदाधिकारी गरी ५७ जना सहभागी छन् ।

स्थानीय सरकारलाई दिइएको केही न्याय निरुपणको अधिकार प्रभावकारी बनाउन प्रशिक्षण दिइएको हो ।

LIVE TV