१८ बैशाख २०७५, मंगलवार

इलाम । रोङ १ को कटहरेमा गत आइतबार राती एक बृद्धामाथी भएको बलत्कारको शंंकामा एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोङ गाउँपालिका वार्ड नं. ४ वस्ने सुदिप गुरुङ रहेका छन् ।

पक्राउ परेका गुरुङको स्वस्थ्य परिक्षण गरी कनुनी कारवाही अगाडि बढाउने डिएसपी रमेश बस्नेतले बताए  ।आइतबार राती ११ बजेतिर  आफ्नै भान्छा घरमा सुतिर रहेकी तिरासी बर्षिय बृद्धामाथी बलत्कार भएको र अर्को घरमा रहेको श्रीमान खोकेको आवजले अपराधीहरु भागेका थिए । बलत्कारको क्रममा अपराधीहरुले बृद्धाको जिब्रो समेत काटी दिएको थिए ।

हाल पिडीतको बिर्ता सीटी अस्पतालमा उपचार भइ रहेको उनको जिब्रोको शल्यक्रिया भएको रोङ १ का वडाध्यक्ष बुद्ध ढकालले बताए । ढकालका अनुसार उनी बोल्न नसकेपनि मानसिक अवस्था भने ठिक रहेको छ ।

यसैगरी पिडीत बृद्धाको उपचारमा खर्च अभाव रहेको छ । गरिव परिवारमा एकाएक पारेको समस्याले अन्योल देखिएको छ । उनको उपचारमा सहयोगको लागि पहल गरिरहेको रोङ गाउपालिकाको प्रबक्ता सुवास लामाङले बताए । तत्काल उपचारको लागि पिडीतलाइ सहयोगको लागि समेत आग्रह गरिएको छ ।

LIVE TV